काठमाडौँ । बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले महरा निर्दोष रहेको फैसला सुनाएको हो ।संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।
असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।
निर्दोष ठहरिएसँगै महरा १३४ दिनपछि घर फर्किनेछन्।

तपाईको प्रतिक्रिया