उदयपुर । नेपाल वार एसोसियसन उदयपुरको अध्यक्षमा श्यामानन्द चौधरी विजयी हुनु भएको छ । वार एसोसियसन उदयपुरको २५ औ साधरण सभा तथा १५ अधिवेशनबाट चौधरी विजयी बनेका हुन ।
शुक्रबार सुरु भएको अधिवेशनमा सहमती नबनेपछि निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । चार पदाधिकारी, पाँच सदस्य र तिन जना केन्द्रीय पार्षद निर्वाचनको प्रक्रियाबाट चयन भएको अधिवक्ता हिमाल खड्काले जानकारी दिए । अधिवक्ता हिमाल खड्काका अनुसार नेकपा समर्थित कानुन व्यवसायी र नेका समर्थित कानुन व्यवसायीहरुले फरक फरक प्यानल खडा गरेर निर्वाचनमा गएका थिए । ‘नेकपा समर्थित कानुन व्यवसायीहरुको स्पष्ट बहुमत रहेकाले नेकपा समर्थित कानुन व्यवासायीहरुले प्यानल नै जित हासिल गरेको छ ।’ अधिवक्ता खड्काले भने ‘६१ जना भोटर रहेको वार एसोसियसनमा ५१ मत खसेकोमा श्यामानन्द चौधरीले २९ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्दी लक्ष्मी कुमारी चौधरीले १८ मत ल्याउन सफल भईन ।’ अध्यक्ष बाहेक उपाध्यक्षमा नीर बहादुर राईले २९ मत, कमल बहादुर कार्कीले ३० मत, पुष्पराज चौधरीले ३२ मत प्राप्त गरे भने सदस्यहरुमा सुमित्रा कोईरालाले ३२ मत, दुर्गा कृष्ण पोखरेलले ३८ मत, ईन्द्र नारायण श्रेष्ठले ३३ मत, कृष्ण बहादुर खत्रीले ३१ मत र कृष्ण कुमार रेग्मीले ३२ मत प्राप्त गरि विजयी बने । त्यसैगरी केन्द्रीय पार्षदमा बैकुण्ठ दाहालले ३१ मत, दिल बहादुर बस्नेतले ३५ मत र नमस अधिकारीले ३४ मत प्राप्त गरि केन्द्रीय पार्षद बन्न सफल भए । अध्यक्ष निर्वाचित चौधरीले यस अघि समेत वार एसोसियसन उदयपुरको नेतृत्व गरिसकेका छन । १२ औ अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका चौधरीको यो दोस्रो कार्यकाल हो ।









