उदयपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का वरिष्ठ नेता एंवम पुर्वमन्त्री हरिबहादुर बस्नेतले प्रजातन्त्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपाली जनताको हितमा रहेको बताएका छन् ।
पार्टीको अभियानकाक्रममा गृह जिल्ला उदयपुर आईपुगेका नेता बस्नेतले सोमबार पत्रकारसँगको भेटघाटमा एमसीसी आर्थिक पंक्षसँग जोडिने भएकाले नेपालको हितमा रहेको बताए । ‘यो नेपालको विद्युत्त क्षेत्रको विकाससँग बढि केन्द्रित छ,’ उनले भने, ‘अहिलेसम्मकै सबैभन्दा ठुलो लगानी भित्र्न लागेकाले राष्ट्रियतालाई आँच आउने बुँदालाई झिकेर कार्यान्वयन गर्नु पर्छ ।’
‘सत्तासिन दलसँग धेरै कुरामा असहमति भएपनि एमसीसीका बिषयमा हाम्रो पार्टीको धारणा प्रष्ट छ,’ उनले भने, ‘यति ठुलो प्याकेज छ, जसबाट प्रत्यक्षरुपमा नेपाली जनतालाई राहत पुग्नेछ ।’ बस्नेतले एससीसी सेना राख्ने बिषय नभई आर्थिक समृद्धीको पाटो भएको बताए ।
पञ्चायतकालिन नेताकै रुपमा चिनिएका मन्त्री बस्नेतले मुलुकको प्रमुख पद सम्हाल्ने व्यक्ति पार्टीनिकटको भन्दा पनि साझा व्यक्ति हुनु पर्ने धारणा व्यक्त गरे । ‘त्यस्तो साझा थलोमा जाने व्यक्ति पार्टी निकटको हुँदा कहिलेकहीँ पार्टीको धारणमा वहकिने हुन्छ,’ उनले भने, ‘त्यो पदमा कार्यकारी नभई गहनाकोरुपमा राजालाई राख्नु पर्छ ।’
भेटघाटकाक्रममा नेता बस्नेतले प्रजातन्त्रलाई समाप्त पार्ने खेलमा सरकारमा रहेका र विपक्षमा रहेका दलहरु केन्द्रित रहेको बताए । उनले भने, ‘राजनीतिक आश्था र भागबण्डाकैकारण न्यायपालिका वन्धक बनाउनु, विधायिकालाई पार्टीको ह्वीप लगाउनु, पत्रकारलाई कानुन बनाएर तर्साउन खोज्नु र सम्बैधानिक अगं निर्ह हुनु सुखद समाचार हैनन् ।’
उनले सबै अगंलाई निर्ह बनाएर प्रजातन्त्रको घाँटी निमोठिने काम गरिदैँछ जुन, राप्रपालाई स्वीकार्य छैन् । बस्नेतले प्रजातन्त्र पछि बनेका सरकार र तिनका नेताहरु मुलुकको विकास र हितभन्दा पनि आफ्नै स्वार्थ र दुनो सोझ्याउन लाग्दा जनताले खुशी पाउन नसकेको बताए ।
उग्रताका कुरा गर्नेहरुले देश विवगारेको बताउँदै उनले भने, ‘जनता विकासभन्दा पनि सुखी, खुशी, शान्तपुर्वक बस्न चाहान्छन ।’ राप्रपा राष्ट्रियता, प्रजातन्त्रको संरक्षणका लागि संयुक्त अभियान लिएर हिड्ेको बताउँदै उनले हाम्रा मुद्दा आम जनताको भएकाले साथसहयोग पाउनेमा विश्वस्थ रहेको बताए ।

तपाईको प्रतिक्रिया