चितवन । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । अदालतको फैसला सुनाउँदै न्यायाधीश हेमन्त रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहनमा कुनै संलग्नता नदेखिएको भन्दै लामिछाने र कँडेललाई सफाई दिएको हो । अर्का प्रतिवादी अस्मिता भनिने रुकु कार्कीलाई पनि अदालतले सफाई दिइएको छ ।
गत साउन ३१ गते लामिछाने र कँडेललाई पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । विभिन्न चरणको वहस पछि आइतबार भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।









