लहान । सिरहाको लहानस्थित रहेको डिभिजन सडक कार्यालयका प्रमुख विनोद साह, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई करिव १९ लाख घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको छ ।
प्रमुख साहलाई तीन लाख घुस रकम सहित शुक्रबार साँझ ७ बजेको समयमा लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो । अर्का इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौली सम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।

तपाईको प्रतिक्रिया