काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि मन्त्री पदबाट राजीनामा दिएका छन् ।
संविधान संशोधनको मुद्दाबाट सरकारपछि हटेपछि सहमति तोडेको भन्दै उपप्रधान मन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएसँगै मन्त्री राईले पनि राजीनामा दिएका हुन् ।
राईनले राजनीनामामा आफ्नो पार्टीसँग भएको सहमति अनुसार संविधान संशोधन गर्ने सहमति पालना नभएको आरोप लगाएको छ । मंगलबार प्रधानमन्त्री समक्ष राईले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।
अध्यक्ष यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव गरेका थिए । यादवले यस्तो प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी ओली र उनी बीच चर्काचर्की भएको थियो ।









