काठमाडौं । कुनैपनि सवारीका साधनको पछाडितर्फको नम्बरप्लेटमा दुई लाइनको अक्षर र अंक राख्न नपाइने भएको छ । यातायात व्यवस्था विभागले सवारीसाधनमा पछाडिपट्टि दुई लाइनको नम्बर राख्न नपाउने गरी नयाँ नियम बनाएको हो ।
विभागले सूचना जारी गर्दै सवारी साधनको नम्बरप्लेटमा अगाडितर्फको नम्बर प्लेट दुई लाइनमा र पछाडिको भागमा तीन लाइनमा लेख्नुपर्ने नियम बनाएको छ । विभागले अगाडी दुई लाइन र पछाडी तीन लाइनमा हुने गरी सवारी साधनको नम्बर प्लेटको नयाँ मापदण्ड तय गरेको हो ।
सवारी तथा यातायात व्यवस्था नियामवली २०५४ को नियम ४ बमोजिम दर्ता भएका सवारीधनीका लागि अनुसूची ६ मा उल्लेख भएको प्रदेश संकेतसहित दिइएको दर्ता नम्बर अनुसूची ६ को द्रष्टव्य ३ बमोजिम अगाडि र पछाडिको नम्बर प्लेटमा तल र माथि गरी के लेख्ने भन्ने स्पष्ट बनाएको छ ।
विभागले नियम पालना नगर्ने सवारीधनीलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।









