उदयपुर । नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) गाईघाटमा पनि आईपुगेको छ । विहिबार कालिका अटो लिंक गाईघाटले एक कार्यक्रम गरी नगर प्रहरी प्रमुख हरि सुवेदीले आधिकारिक रुपमा उद्घाटन गरेका छन् ।एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ ।
एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्ने हन्सराज हुलासचन्द एण्ड कम्पनीका गाईघाटका आधिकारिक विक्रेता कालिका अटो लिंकका प्रमुख सुनिल कुमार ठाकुरले जानकारी दिए ।
यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउँछ । र, यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ । एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय मात्र रहेको छ ।
बजाजले सदैव नविनतम अफरहरु ल्याउदै ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको प्रोप्राइटर ठाकुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया