प्रकाशित मिति: बुधबार, कार्तिक २०, २०७६
समय: २०:४३:०८
भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्शाको विरोध र सरकारको मौनताको आलोचना गर्दै बुधबार विभिन्न विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्शामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध गर्दै प्रदर्शन गरेको छ ।‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो । उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै चर्को नारा समेत लगाएका थिए । अखिलका नेता सुरेन्द्र बस्नेतले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले विरोध प्रदर्शन गरिएको बताएका छन् । विद्यार्थीहरुले ‘गो व्याक इण्डिया’ को नारा लगाएका छन् ।