जनकपुर । छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले उल्लेख गरेको छ । नेपाल सरकारले कात्तिक १६ गते शनिबार विदा दिएपनि प्रदेश सरकारले कात्तिक १७ गते आइतबार विदा दिइएको हो । नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया