उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ का दलित महिला वडा सदस्य तथा नगर सभा सदस्य मिना विश्वकर्माको असमायिक निधन भएकोले शोक मनाउन आज शुक्रबार नगर कार्यपालिकाको कार्यसमितिको कात्तिक ७ गते बसेको बैठकले एक दिन बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने नगरपालिकाका प्रवक्ता केदार दनुवारले जानकारी दिए ।









