काठमाडौं । ह्वावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा ह्वावेले ६१०.८ अर्ब चिनियाँ युआनको आय आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धिभएको छ । यस अवधिमा ह्वावेको खुद नाफा ८.७ प्रतिशत रह्यो ।
ह्वावेले आईसीटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रित गर्दै संचालन क्षमता तथा गुणस्तर वृद्धिमा निरन्तर काम गर्दै आएको छ । यसकै परिणामस्वरूप सन् २०१९ को पहिलो तीन त्रैमासिकमा कम्पनीको संचालन र सांगठनिक स्थायीत्वमा वृद्धि हुनुका साथै कम्पनीको कार्यक्षमता थप मजबुतल बनाएको छ ।
क्यारियर बिजनेसतर्फ फाइभ जी नेटवर्कहरूको कमर्सियल डिपलोयमेन्टमा तीव्र वृद्भि आएको छ । ह्वावेले अग्रणी क्यारियरहरू जस्तै फाइभ जी सुपर अपलिंक, स्मार्ट तथा सिम्प्लिफाइड ट्रान्सपोर्ट नेटवर्कहरूसँग मिलेर नयाँ सिर्जनात्मक सलुसनहरू सार्वजनिक गरिरहेको छ । ह्वावेले प्रविधि क्षेत्रका अन्य साझेदारहरूसँग सहकार्य गर्दै साझेदारी र फाइभ जीको इन्डस्ट्री इनोभेसन बेसलाई बलियो बनाउन कार्यहरू गरिरहेको छ । हालसम्म ह्वावेले विश्वका अग्रणी क्यारियरहरूसँग ६० वटाभन्दा बढी व्यवासायिक सम्झौताहरू गरेको छ भने ४ लाखभन्दा बढी फाइभ जी म्यासिभ एमआईएमओ एक्टिभ एन्टेना युनिटहरू विश्वबजारमा निर्यात गरिसकेको छ । ह्वावेको अप्टिकल ट्रान्समिसन, डाटा कम्युनिकेसनहरू र आईटी उत्पादनहरूको उत्पादन तथा आपूर्ति बढ्दो क्रममा रहेको छ ।
इन्टरप्राइज बिजनेसतर्फ ह्वावेले होराइजन डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । ह्वावेको बृहत् प्राविधिक अनुभवमा आधारित रही निर्मित यस प्लेटफर्मसँगै ह्वावेले डिजिटल संसारको आधार बनाई खर्बौँ बराबरको डिजिटल ट्रान्सफोर्मेसन इन्डस्ट्री निर्माण गर्न ग्राहक तथा साझेदारहरूसँग काम गर्ने उद्देश्य राखेको छ । यस प्लेटफर्मले सरकारी, सार्वजनिक निकायहरू, वित्त, विद्युत, यातायात जस्ता विभिन्न क्षेत्रहरूलाई डिजिटल रूपान्तरण गर्न सघाउने छ ।
सन् २०१९ को तेस्रो त्रैमासिकको अन्त्यसम्ममा ७ सयभन्दा बढी शहरहरू, २२८ फरच्युन ग्लोबल ५०० कम्पनीहरू र ५८ फरच्युन ग्लोबल १०० कम्पनीहरूले डिजिटल रूपान्तरणका लागि ह्वावेलाई आफ्नो साझेदारका रूपमा छनौट गरेका छन् ।
यहाँ खुलाइएको वित्तिय आँकडा इन्टरन्याश्नल फाइन्यान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुरूप तयार पारिएको लेखापरीक्षण नगरिएको रकम हो । सन् २०१९ सेप्टेम्बरको अन्त्यको विनिमय दर १ अमेरिकी डलर बराबर ७.१२९२ चिनियाँ युआन थियो ।









