उदयपुर । धारिलो हतियारले घाटी रेटी त्रियुगा नगरपालिका ९ चौकिवारीमा शुक्रबार राति आमा २८ वर्षिय सारदा कुमारी चौधरी र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको परिवारले न्याय नपाउने कि भन्दै थारु संघ संस्थाहरुले आशंका व्यक्त गरेको छ ।
थारु कल्याणकारिणी सभा उदयपुरका सभापति शिवकान्त चौधरी, थारु युवा सभा उदयपुरका अध्यक्ष दुलीराम चौधरी, थारु महिला सभा केन्द्रीय कोषाध्यक्ष विक्रमी चौधरी, प्रगतिशिल थारु समाज उदयपुर संयोजक तिलाई चौधरी, उदयपुर थारु जागरण समाज काठमाडौंका अध्यक्ष रामानन्द चौधरी, थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखिलाल चौधरी, थरुहट थरुवान संघर्ष समिति केन्द्रिय सदस्य परशुराम चौधरीले संयुक्त विज्ञप्ती जारी गर्दै आमा छोरीको विभत्स हत्याको सत्य तथ्य बाहिर नल्याउनुमा आशंका व्यक्त गरेको छ ।
विज्ञप्तीमा हत्याको सम्बन्धित निकायद्वारा सुक्ष्म ढंगबाट अनुसन्धान गरी घटनामा संलग्न अपराधीहरुलाई सरकारद्वारा अविलम्ब पक्राउ गरी कानून बमोजिम कडा भन्दा कडा सजायको माग गरेको छ । यस्तै मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै दुरदराजमा रहेका थारु समुदायको शान्तिसुरक्षा प्रत्याभुति गराउन समेत विज्ञप्तीमा माग गरेको छ ।
हत्यामा संलग्नहरुको खोजी कार्य जारी रहेको छ भने मंगलबार विहान शवहरुको परिवारले दाह संस्कार गरेको छ । हत्याराको पहिचान भैसकेकोले प्रहरी चाँडै नै हत्यामा संलग्नको सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुर स्रोतले जानकारी दिएको छ ।
यो पनि पढ्नुस्









