उदयपुर । नेपाली काँग्रेस उदयपुरले आइतबार वृहत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विपी कोइरालाले २०३३ सालबाट मेलमिलापको नीति अनुरुप चियापान कार्यक्रमको शुरुवात गरेको हो ।
काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दशैं तिहार तथा छठ पर्वको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको त्रियुगा जनता बहुमुखी क्याम्पसका सभापति रोशन कार्कीले बताए ।
चाड पर्वमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले नेपालीहरुमा आत्मीयता साटासाट तथा सद्भाव कायम गर्न मद्धत पुग्ने सभापति कार्कीले जानकारी दिए । दिउँसो १ वजे देखि ४ बजेसम्म कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का, प्रहरी प्रमुख बीर बहादुर बुढामगर लगायत कार्यालय प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवि तथा व्यपारीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा सम्पूर्ण क्रियाशिल सदस्यहरु लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 













