उदयपुर । एपिवान च्यानलको चर्चीत शो IME लोक स्टारमा उदयपुर ७ रिस्कु कटहरी घर भएका विनोद दनुवार टप ७ मा पुग्न सफल भएका छन् । दनुवार रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप ६ का लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् ।
राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै गएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गायकमा परेका छन् । ‘नेपाल लोक स्टारको शान, उत्कृष्ठ आवाजको पहिचान : विनोद दनुवारलाई जिताउने हाम्रो अभियान’ नाराका साथ स्थानीयहरुले भोटका लागि अनुरोध गरेका छन् । मंगलबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भिमकुमारी राउतले समेत विनोद दनुवारलाई लोक स्टार बनाउनका लागि स्थानीयहरुलाई अनुरोध गरेका छन् । विनोद दनुवार कटारी नगरपालिकाको गहना भएकोले यसलाई जिताऔं अभियानमा सवैलाई भोट गर्न आग्रह गरेको बताए ।
https://www.facebook.com/106132734122524/videos/385227945502740/?eid=ARDrGryV22xzcEhcL837R9fEn34JOFzcRJKQpZSbWkiJE3vSnZQaaq579e5tNTfBlhbFZh-9Hk0AlkhH
यस्तै गाईघाटमा पनि विनोद दनुवारलाई नेपाल लोक स्टार बनाउने अभियानमा युवाहरु लागि परेका छन् । युवाहरु चोक चोकमा विनोद दनुवारलाई नेपाल लोक स्टार बनाउँन भन्दै भोट माग्न थालेका छन् ।
१२ बर्षकै उमेर देखि गाँउन थालेका दनुवारले यो यात्रामा धेरै कठिनाई भोगेका छन् । स्कुलमा पढ्दा देखिनै गाउन अब्बल दनुवारलाई शिक्षकहरुले पनि माया गर्ने गरेको अनुभव छ । उनी बिद्यालयमा हुने हरेक कार्यक्रममा गित गाउने गरेको शिक्षकहरु बताउछन् । धेरै पटक राम्रो गाएकै आधारमा पुरस्कृत भएको उनका शिक्षकहरु बताउँछन् । घरमा मेडल लिएर जाँदा सबै जना खुसी हुने गरेको विदोन दनुवार सुनाउ छन् । राम्रो गाएकैले धेरै साथीहरुले उनको चर्चा गर्दा खुसी लाग्ने गरेको उनले बताए ।
दनुवारले गायन क्षेत्रमानै आफ्नो भबिष्य देखेकाले यो यात्रामा लागेको बताए । यो यात्रामा लाग्दा जिवनमा धेरै उतार चढाव भएको अनुभव पनि सुनाउछन् । गरिब परिवारका दनुवार पैसा अभावले केहि बर्ष बिदेसीनु परेको पिडा पोखेका छन् ।
गायन यात्रामा पैसाको अभाव हुँदाका पिडाले उनलाई अझै पनि झस्काउने गरेको बताएका छन् । उनले AP1 यो चर्चीत शो ले आफ्नो सपना पुरा गर्ने बिश्वास लिएको पनि बताएका छन् । उनले मेहनतले गाउने र सबैको मन जित्ने पनि बताएका छन् ।
https://www.facebook.com/binoddanuwarudayapure/videos/374822213462516/?eid=ARAc4CgrsZjgZCXuFx44pxPKEi_FOnCS3C4M6ilI4ivmZigLh0caBKNp3IG430bRYmo4T0H92zxNZyzM
दनुवारले उनलाई मन पराउने अथवा उनको गायन मन पराउने दर्शकहरुलाई नेपाल टेलिकम वा एनसेल मोबाइलको नम्बरबाट L1 टाईप गरी 37000 मा म्यासेज गरी सहयोग गरीदिन पनि अनुरोध गरेका छन् । नेपाल टेलिकमको ल्याण्डलाइनबाट 16667713 डायल गरी वा भारतबाट L <space> 13 लेखेर 53010, कतारबाट L<space> 13 लेखेर 92300 मा पठाउन सकिन्छ । साथै IME Pay बाट एकै पल्टमा 100 भोट समेत गर्न सकिन्छ । भोट सोमबार १२ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म मात्र खुल्ला रहने छ ।










