उदयपुर । उदयपुरका स्वतन्त्र नागरिक समाजका अगुवाहरु रवि लामिछानेको रिहाइँको लागि सडकमा निस्कने भएका छन् । न्यूज २४ टेलिभिजन मार्फत प्रस्तुत हुने लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’का सञ्चालक रबी लामिछानेको न्यायका लागि भन्दै उदयपुरका नागरिक समाजले शनिबार विहान ११ बजे बृहत जनदबाब सहित विरोध प्रर्दशन गर्ने भएको छ ।
शनिबार बिहान ११ बजेदेखि सदरमुकाम गाईघाटस्थित स्थानीय लोकतान्त्रिक चोक (पिपलबोट) मा भेला भई ¥याली शुरु हुने उदयपुर स्वतन्त्र नागरिक समूहका सुरेश काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार अघिल्लो दिन शुक्रबार कार्यक्रमबारे जानकारी दिन बजारमा माईकिङ गरिएको थियो । उनले सम्पूर्ण न्यायप्रेमी नागरिकलाई शान्तिपूर्ण ¥यालीमा सहभागी भई दिन समेत आग्रह गरेका थिए । ‘ शनिबार विहान ११ बजे पिपल चोकमा भेला भएपछि बजारको बिभिन्न भाग परिक्रमा हुनेछ’ काफ्लेले भने, ‘जवरजस्ती कसैलाई आउन भनिएको छैन न्यायका पक्षमा उभिनेहरु स्वतस्फूर्त सहभागी हुनेछन् ।’ ¥यालीमा उदयपुरका कटारी, बेल्टार, हडिया, जोगीदह, बसाह लगायतको ठाउँबाट पनि सहभागीहरु आउने बताइएको छ
सयौंको संख्यामा प्लेकार्ड सहित सहभागी हुने अनुमान गरिएको ¥याली मेनचोकमा पुगी कोणसभामा परिणत हुने आयोजकले जनाएको छ । जिल्लामा ¥याली आयोजना भएको यो दोस्रो पटक हो । यसअघि पश्चिम कटारीका नागरिक अगुवाहरुले बृहत बिरोध ¥याली प्रदर्शन गरिसकेका छन् । माउण्टेन टेलिभिजनका पत्रकार सालीकराम पुडासैनी चितवनको कंगारु होटलमा मृत भेटिएपछि भिडियो प्रकरणमा हाल प्रहरी हिरासतभित्र रहेका लोकप्रिय पत्रकार रबी लामीछानेलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सर्वसाधरण नागरिकहरुले देशव्यापी रुपमा आन्दोलन थालेका छन् ।

तपाईको प्रतिक्रिया