उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रदेश नं १ स्तरीय प्रथम महाधिवेशनमा विहिबार उदयपुर आईपुगेका मुख्यमन्त्री शेरधन राईलाई उदयपुरका वकिलहरुको समूहले उच्च अदालतको इजलाश उदयपुरमा माग गर्दै भेटघाट गरेका थिए । उदयपुरका वकिल समुहले उच्च अदालतको इजलाश उदयपुरमा मागको विषय स्मरण गराएका थिए ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको प्रथम महाधिवेशन स्थलमा वकिल समुहले मुख्यमन्त्री राईसंग भेटगरी स्मरण गराएका हुन् । नेपाल बार एशोसिएसन उदयपुर इकाईको अगुवाईमा रहेका वकिल समुहले मुख्यमन्त्रीसंग छोटो समय लिदै उदयपुरमा उच्च अदालतको आवश्यकता दोहोर्याएका थिए ।
मुख्यमन्त्री राईले यहाँको आवश्यकता र उच्च अदालत टाढा हँदाको समस्याबारे आफु पहिले नै जानकार भईसकेको र उदयपुरबासीकै भावना अनुरुप आफ्नो तहबाट उदयपुरमै उच्च अदालत हुनेगरी संघीय सरकारलाई लेखि पठाएको जानकारी दिए । मुख्यमन्त्रीको कुराले वकिलहरु मात्र नभई सिंगो उदयपुर जिल्लाबासी उत्साहित र आशाबादी बनेको नेपाल बार एशोसिएसन, उदयपुरले जनएको छ ।

तपाईको प्रतिक्रिया