उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रदेश नं १ स्तरीय प्रथम महाधिवेशनमा वरिष्ठ पत्रकार कौशल चेम्जोङ सहित १० जनालाई सम्मान गरेको छ । त्रियुगा नगरपालिका ९, राजाबासस्थित ओरेक नेपालको सभाहलमा महाधिवेशनको उद्घाटन प्रदेश १ मुख्यमन्त्री शेरधन राईले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उदयपुरका अग्रज तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङसहित १० जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । पत्रकारितामार्फत आदिबासी जनजातिहरुको हक, अधिकारमा पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकारहरुलाई सम्मान गरिएको फोनिजले जनाएको छ ।
उदयपुरका कौशल चेम्जोङसँगै महेश्वर चाम्लिङ, धरानका अग्रज पत्रकार हर्ष सुब्बा, धरानका गोपाल देवान, इटहरीबाट याम प्रधान, धनकुटाका सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, हिमा चेम्जोङ, इलामका सटेन्द्र जबेगु, झापाका रमेश समदर्शीलाई पनि सम्मान गरिएको थियो । सम्मानित पत्रकारहरुलाई नगद ५ हजार, सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानितहरुलाई मुख्यमन्त्री राई, कार्यक्रमका अध्यक्ष दिपिन राई र फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्मान गरेका थिए ।
यस्तै, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र गैससकी केन्द्रीय सदस्य महेश्वरी राईलाई पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया