उदयपुर । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रथम १ न. प्रदेश अधिवेशनको तयारी पुरा भएको आयोजकले जनाएको छ । उदयपुरको सदरमुकाम गाईघाट नजिकै राजाबासमा हुने अधिवेशनको तयारी पुरा भएको फोनिज उदयपुरका अध्यक्ष सुपराज राईले बताए ।
विहिबार विहान ८ बजे उद्घाटन गर्ने अधिवेशनका लागि १ नं प्रदेश अन्र्तगतका जिल्लाहरुका प्रतिनिधि तथा पर्यावेक्षक बुधबारै आईसकेका छन् । आगुन्तुक अतिथि, प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई आयोजकले स्वागत गर्दै बसाईको व्यावस्थापन मिलाएको छ ।
अधिवेशनलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फोनिजका केन्द्रिय पदाधिकारी, नेपाल पत्रकार महासंघका प्रदेश तथा केन्द्रका पदाधिकारीहरु, सांसद, पालिका प्रमुख तथा जनप्रतनिधिहरु लगायतका उद्घाटन समारोहमा आगमन हुने आयोजकले जनाएको छ ।
पहिलो प्रदेश अधिवेशन भएकाले एतिहासिक रुपमा सम्पन्न गर्ने तयारी रहेको जनाईएको छ । कार्यक्रममा अग्रज आदिबासी जनजाती पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । विहिबार नै उद्घाटन समारोह पश्चात बन्दसत्र संचालन रहने र प्रदेश नयाँ पदाधिकारी चयन गरिने छ ।

तपाईको प्रतिक्रिया