
काठमाडौं । तरकारीमा रहेको विषादी परीक्षण गर्न शुल्क कति लाग्ला ? जो कोही पनि अनुमान गर्ला, केही सय वा बढीमा हजार रुपैयाँसम्म । तर, यहाँ एक सरकारी निकायमै भएको तरकारीको विषादीको परीक्षणको शुल्क ८७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यति ठूलो रकम बिल आएपछि परीक्षण गर्न पठाउने अर्को सरकारी निकायका पदाधिकारी पनि चकित भएका छन् ।
केही दिनअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट संकलन गरिएको लौकाको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो ।
खाद्य विभागले पनि वाणिज्यबाट आएको तीनवटा लौकाको विषादी परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफेन्स प्रयोगशाला पठाएको थियो ।
परीक्षपछि खाद्य विभागले ८७ हजार शुल्कसहितको बिल वाण्ज्यि विभागलाई पठाएको हो ।









