कञ्चनपुर । तीन वर्ष अघि भारत गएका छोरा घर आउँदा छोरी बनेको देखेपछि गंगादेवि चतिक परिन् । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका गंगादेवीको छोरा सुरेन्द्र रोजगारीका लागि २०७२ सालमा भारत गएका थिए । अहिले घर आउँदा त उनी छोरी बनेको देखेपछि गंगादेवी चकित परेकी हुन् ।

फुपाजूसँगै भारत गएका सुरेन्द्र घर फर्किदा परिवारका सदस्यले चिनेनन् । छोरालाई काम गर्न भारत पठाएको तर घर पुग्दा कुनै केटी मान्छे आएपछि कसरी चिन्ने । असार आठ गते जब उनि कृष्णपुरस्थित घरमा पुगे उनीलाई छोरा भनेर कसैले पत्याएनन् ।

जब उनले घरायसी कुरा गरे त्यसपछि स्वरको आधारमा आफ्नै छोरा हो भनेर आमा गंगादेवि मालले चिनिनन् । तीन वर्षपछि घर आएको छोरा देखेर हर्षीत हुनु पर्नेमा आमा गंगादेवि सुरेन्द्रलाई अंकमाल गर्दै रुन थालिन् ।

उनी विदेश गएको छोरा, छोरी बनेर फर्केपछि आफुलाई विश्वास नै नलागेको बताउँछिन् । कक्षा १२ को परीक्षा दिएर रोजगारीको लागि फुपाजू र दाईसँग भारतको जम्बु गएका उनी घर फर्किदा त छोरी पो बनेर आए ।

कसरी बने छोरी ?
भारत जाँदा उनले सुरुमा कपडा पसल र घरायसी काम गर्न थाले । त्यसको करिब चार महिनापछि गेष्ट हाउसमा काम गर्न थाले । गेष्ट हाउसमा काम गर्दा उनीमाथि एक भारतीय किन्नर (तेस्रो लिंगी) को नजर पर्‍यो । गुरु जी नाम गरेका ति किन्नर सुरेन्द्रसँग नजिक थाले । उनलाई ति किन्नरबारे केही जानकारी थिएन् । त्यसपछि गुरु जी नियमित गेष्ट हाउस आउन थाले । त्यसपछि उनले सुरेन्द्रलाई आफ्नो घरमा काम गर्न आग्रह गर्दै दोब्बर तलब दिने प्रलोेभन दिन थाले ।

उनी पनि दोब्बर तलब पाउने आशले उनकै घरमा काम गर्न राजि भए । गुरु जीले मासिक नौ हजार तलब दिन थाले । उनले तलब त राम्रो पाए तर घरमा पुगेपछि झन समस्यामा परे । गुरु जी भनिएका व्यक्ति त तेस्रो लिङ्गी रहेछन, र त्यहाँ अन्य तेस्रो लिङ्गी व्यक्ति बस्ने गरेको बल्ल थाहा पाए ।

घरको काम गर्दा–गर्दै उनलाई तेस्रो लिङ्गी बन्न बारम्बार आग्रह गरियो । विभिन्न किसिमका यातना दिन थालेपछि उनी फुपाजु धनसिंह बोहराको सहयोगमा गुरु जीको हातबाट फुत्कीन सफल भए ।

भागेर हरिद्धार आएका सुरेन्द्र बुवासँगै बस्न थाले । उनका बुवा जैराज माल भारतमै ड्राईभिङ गर्दै आएका थिए । बुवासँगको सल्लाहमा उनले हरिद्धारमा कम्प्युटर सिक्न थाले । कम्प्युटर सिकि सकेपछि उनी हरिद्धारकै मेघा सपिङ सेन्टरमा काम गर्न थाले ।

बुवा ड्राभर भएकाले उनी बाहेर बाहिरै हुन्थे । त्यही मौका छोपेर जम्बुमा गुरु जी सुरेन्द्रको डेरामा पुगे । उनलाई अपहरण शैलीमा गाडीमा हालेर चन्दीगड पुर्‍याईयो । चन्दीगडमै सुरेन्द्रलाई जबरजस्र्ती विभिन्न कागजपत्रमा हस्ताक्षर गर्न लगाईयो । ज्यान मार्ने धम्मी दिएर वकील समक्ष आफु लिङ्ग परिर्वतन गर्न तयार रहेको भन्ने कागज तयार पारियो ।

त्यसपछि उनलाई बेहोस बनाईयो । पाँच दिनपछि होसमा आउँदा त उनको लिंग काटिएको रहेछ । उक्त कहालीलाग्दो घटना सम्झदै उनी भन्छन्, ‘होसमा आएपछि थाहा पाएकी मेरो लिङ्ग काटी सकेको छ, जोरले रुन थाले आफन्त कोही थिएन ।’

रोएपछि अप्रेसन बिग्रिने भन्दै चिकित्सकले धम्की दिए । त्यसपछि उनलाई फेरि बेहोस पारियो । उनको दुई दिनमा पुनः होस खुल्यो । अप्रेसनपछि केहि महिना उनलाई वेड रेष्टमा राखियो । विस्तार विस्तारै उनमा स्त्री लिङ्गी भएको भावना पैदा हुन थाल्यो । उनका लिङ्ग परिर्वनसँग हार्मोन समेत परिर्वतन गरियो ।

लिङ्ग परिर्वतन गरिएपछि उनी ति गुरु जी कै अन्डरमा डान्स बारमा काम गर्न थाले । उनी छोराबाट छोरी बनेपछि घर परिवारसँग कसरी मुख देखाउने, कसरी आमा बाबुसँग बोल्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो ।  उनी डान्स बारमै काम गर्न थाले । बारमा आउने केटाहरुसँग मोजमस्ती गर्नुको काम थियो ।
उनी त्यही गुरु जीको छोरासँग राम्रो सम्बन्धका कारण नेपाल फर्किन सफल भए । नेपाल आउँदा त्यही गुरु जीका छोरा नईमसँगै आएका छन् । उनले पुनः भारत जान धम्की दिदैं आएका थिए ।

आफुमाथि अन्याय गरिएको भन्दै दोषीलाई कानून कारवाही गराउने भनेपछि गुरु जी का छोराले ज्यान मार्ने धम्की दिए । गुरु जीले उनीहरुलाई फिर्ता ल्याउन भने भारतबाट तीन जना नेपाल पठाए । अहिले उनीहरुले प्रहरी हिरासतमा छन् ।

आफुहरु अमर उज्यालाको पत्रकार भएको बताउँदै नेपाल छिरेका उनीहरुविरुद्ध प्रहरीले अंङ्गभंङ्ग कसुर बमोजिम मुद्दा प्रक्रिया अघि बढाएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार उक्त कसुरमा दोषी ठहर भए पीडकलाई १० वर्ष कैद तथा एक लाख जरिवानाको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया