उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा आज एक दिने वृत्ति परामर्श तथा रोजगार मेला शुरु भएको छ । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा एक दिने मेला शुरु भएको हो ।
मेलामा विकास निर्माण, विद्यालय, होटल, कलकारखाना, फर्निचर उद्योग, व्युटीपार्लर लगायतका लागि २ सय ५० भन्दा बढीले रोजगार पाउने भएका छन् । मेलामा युवा विद्यार्थी देखि ५० वर्ष उमेर कटेका पुरुष तथा महिलाको उपस्थिति रहेको छ ।
कार्यक्रमलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, हेल्भेटास नेपाल, त्रियुगा नमुना सीप माध्यमिक विद्यालय, जिल्ला होटल व्यवसायी संघ र व्यवसायिक तालिम प्रदायक संघ प्रदेश नं. १ को समेत सहयोगी भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया