काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम द्वन्द्धकालमा भएका राजनीतिक कार्यकर्ता हत्याको बिषयमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिले पनि माफी माग्नैपर्ने बताएका छन । गौतमले तात्कालिन माओवादीबाट राजनीतिक कार्यकर्ताको हत्या हुनु गम्भीर गल्ती भएको भन्दै अध्यक्ष प्रचण्डले माफी माग्नैपर्ने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले अध्यक्ष केपीी शर्मा ओली नेतृत्वको सरकार असफल भई आफूलेसत्तापाउने आशा नगर्न कांग्रेसलाई सुझाव दिएका छन ।
गौतमले ओली नेतृत्वको बर्तमान सरकार असफल हुन्छ र सत्ता पाउँछु कि भन्ने आश कांग्रेसले नगर्दा हुने बताएका हुन्। ‘यो सरकार असफल हुन्न, असफल हुन्छ र सत्ता पाउँछु भन्ने आशा कांग्रेसले नगर्दा हुन्छ, यो सरकार असफल भयो भने पनि कांग्रेसले सत्ता पाउदैन,’ ओखलढुंगाका शिक्षक तथा राजनीतिकज्ञ गुरु लुइटेलको स्मृतिमा आज आयोजित कार्यक्रममा गौतमले यो धारणा राखेका हुन् ।
‘द्वन्द्वकालमा माओवादीबाट राजनीतिक कार्यकर्ताको हत्या भएकोमा प्रचण्डले आज पनि माफी माग्नैपर्छ, उम्कन पाउँदैनन,’ कार्यक्रममा गौतमले भने । उनले सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत द्न्द्धकालका हत्याबारे निर्णय हुने भन्दै पीडित परिवारले माफी दिएको अवस्थामा मात्रै मेलमिलाप हुने अन्यथा कानूनअनुसार कार्वाही हुने बताएका थिए ।
नेता गौतमले अबको चार वर्ष चार महिनामा नेकपाको घोषणापत्र कार्यान्वयन हुने ठोकुवागर्दै सरकारले सही ट्याक नै लिएको र अबको चार वर्ष चार महिनामा नेकपाले आफ्नो घोषणापत्र कार्यान्वयन गर्ने बताएका थिए ।
उहाँले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यकाण्डमा प्रतिपक्षीले विकल्प दिन नसकेको तर आपत्ति मात्रै जनाएको भन्दै असन्तुष्टि पोखेका थिए । ‘निर्मला पन्त हत्यकाण्डमा प्रतिपक्षीले विकल्प दिन सकेका छैनन, विकल्पबिनाको आलोचनाको कुनै काम छैन,’ गौतमले भने । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तो मेलमिलाप गरेर जान भने सवै तयार नै हुनुपर्ने बताउदै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पनि आलोचना गरेका थिए ।
चुनावी घोषणापत्रअनुसार नीति कार्यक्रम र बजेट नआएको भन्दै गौतमले सरकारको आलोचना गरेका गौतमले ‘चुनावमा घोषणापत्र बनाउने संयोजक आँफु रहेको तर यो सरकारले ल्याएको नीति कार्यक्रम र बजेटमा त्यो घोषणापत्र बमोजिम केही पनि नआएको भन्दै असन्तुस्टी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया