

लामो समयदेखि माधव नेपाल पक्ष बलियो रहदै आएको कैलालीमा जिल्ला कार्यसमिति सदस्य र पार्टी सदस्यता थपघट गर्न लकर तोडेर माइन्युटहरु कब्जामा लिएको बताइन्छ ।
अध्यक्ष थापाले घर्रा तोड्दा सचिव लालबहादुर सोडारी, रणबहादुर चन्द, दुर्गा जोशी लगायतको उपस्थिति रहेको थियो । चन्द बाहेक सबैले कार्यालय सचिवसँग माइन्युट माग्नुपर्ने तर लकर नतोड्न भनेका थिए । तर थापा र चन्दले तोडेरै लानुपर्छ भनेपछि घर्रा तोडिएको बताइन्छ ।
पहिले मध्यमार्गीरुपमा हिड्ने गरेका अध्यक्ष थापा दीर्घ सोडारीलाई हटाउदा आफूलाई मन्त्री बनाएन भनेर भीम रावलसँग रिसाएर प्रदेश अध्यक्ष थापा निकट हुन पुगेका छन । उनको सपथग्रहण भएको छैन । आइतबार मात्रै सुदूरपश्चिम प्रदेशका अध्यक्ष र सचिवको सपथ ग्रहण गर्ने कार्यक्रम छ । नयाँ पेजबाट









