उदयपुर । सतारुढ नेपाल नेकपाले एकताको घोषणा गरेको एक वर्षपछि ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को विशेष पहलमा ७७ जिल्लाकै अध्यक्ष र सचिव टुंगो लागेको हो ।
उदयपुरमा अध्यक्षमा विनोद कटुवाल (दिवस) र सचिवमा इश्वरमणि राउत भएका छन् । कटुवाल तत्कालिन नेकपा माओवादी केन्द्र निकट जिल्ला संयोजक हुन भने राउत तत्कालिन नेकपा एमाले निकट जिल्ला अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया