फाइल तस्विर

काठमाडौं  : राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म संचालन हुने निर्णय गरेको छ ।

सोमबार बसेको बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिनेछ ।

२३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

आईतवारको भिषण हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए व्यवस्थापन मिलाउन जिल्ला परीक्षा समन्वय समितिलाई बोर्डले आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया