लेखक : दिपक अभिप्रेमी सुवेदी, हाल साउदी अरब

आज पनि कयौं बालबालिका स्कूल भन्दा बाहिर छन् । कतै भोकै कतै, नाग्गै छ्न, खै त्यो क्षेत्रमा कसैको ध्यान किन गएन ? गयो त केबाल उहीँ मरुभूमिमा आफ्नो रगत र पसिना बेचेर जिवनयापन गर्ने उहीँ दुःखी, पिडित, गरिबलाई मात्र देशको माया होकी अरुलाई पनि छ ? आज सम्मान गर्न तछाड मछाड गर्ने कार्यकर्ता र सम्मान पाउँदा लम्पसार बन्ने नेतालाई यो सय, दुई सय केजीको माला किन्ने पैसा बरु सड्क बालबालिकालाई दिएको भए कति महान र कति सम्मान आफै मिल्ने थियो । तर, त्यो हुन सकेन । खै कस्तो देशमा जन्म भयो हामी गरिब नेपालीको । हामी नेपालीको हाम्रो घैटोमा घाम, मस्तिष्कमा वुद्धि कहिले आउँछ ? चाकडीको पनि हद हुन्छ, हद नाघेन र देशका सपूत भनाउदा युवा साथी हो । देशलाई खरानी पार्ने चैते मित्रहरु ? खै तिमीहरुको राष्ट्रियता कहाँ छ ? उहीँ नेताको मात्र चाकरी गरेर देशलाई कंगो र रुवाण्डा जस्तो धोस्त पार्ने मेलो मात्र हो की ? आफुहरुलाई महान युवा शक्ति सम्झिने मित्रहरुले सर्वहारा जनता गरिब पीडितको लागि पनि बोल्छौ कि ? हुम्ला, जुम्ला, कर्णाली जस्ता कयौं जनताले सिटामोल पाएका छैनन् अहिले पनि । पूर्वको खोटाङको पनि उस्तै कथा छ । आफुलाई युवा र देश हाक्ने बहादुर सम्झिने मित्रहरु अहिले पनि उहीँ नेताहरुलाई लाखौंको माला लगाउँदैमा ब्यास्त छन ।
नेतालाई कार्यक्रम उद्घाटन गर्दै ठिक्क छ । कयौ ठाउँमा अहिले आज भन्दा २० बर्ष अघि उद्घाट्न गरेका काम सम्पन्न भएका छैन । तर, त्यसमा कसैको ध्यान जान सकेको छैन । बलात्कार, हत्यारा र भ्रष्टचारी जेलबाट छुट्दा उल्टै फूल मालाले पुज्ने चलन कहिले अन्त्य हुन्छ ? म सोचिरहेछु देश एक हास्यकलाकारले चलाउदैछ या असल नेता र नेतृत्वले अनि म अल्मलमा पर्छु ।


नेतालाई लाखौंको माला किन्ने पैसा कहाँबाट आउँछ युवा मित्रहरु हो ? कसरी आउँछ थाह छ ? विदेशी भूमिमा नेपालको माया गरेर बस्ने परदेशीहरुलाई सोध कति डिग्रीको राप र तापमा काम गर्नु पर्छ र कति घण्टा काम गरेर नेपालमा रेमिट्यान्स पठाउँछौं हामी । आज तिनै रेमिट्यान्सले धानेको नेपाल सरकारका पैसा माला किन्नमै उडाउने कार्यकर्ता तथा नेताहरु पहिले आफु कमाएर देखाउ, होइन भने परदेशीले पठाएको रेमिट्यान्सको यसरी दुरुपयोग गर्ने अधिकार तिमीहरुलाई छैन् । सक्छौ भने आफ्नो गोजीको पैसा लगाएर नेताको लागि माला किन, अनि मालाको योग्य हुने छौं, होइन भने देश कंगाल पार्ने नेता र नेताका पुच्छर, चम्चा, काँटा हुन । अवका दिनमा तिमीहरुको काम छैन् नेपालमा । परदेशीले भित्राएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कदापी छैन् तिमीहरुलाई ।
“परदेशी दाजुभाई हामी एक साथ, समृद्ध नेपाल बनाउनमा हाम्रो छ साथ”

तपाईको प्रतिक्रिया