उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहल वरपर रहेको अवैधानिक भौतिक संरचना हटाउने भएको छ ।
त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार खड्काले बुधबार एक सुचना जारी गर्दै जेष्ठ १ गते बिहिबारबाट त्रियुगा नपा वडा नं. ३ स्थित त्रियुगा बसपार्क र वडा नं. १३ स्थित मदन भण्डारी सभाहल क्षेत्र आसपासको अवैधानिक भौतिक संरचना हटाउने सूचना जारी गरेको छ ।
त्रियुगा नगर कार्यापालिका बैठकले भवन तथा बाटो सम्बन्धि मापदण्ड २०७४ विपरित हुने गरी निर्माण भएका वा निर्माणाधिन घर, टहरा, भवन एवम् अन्य भौतिक संरचनाहरु हटाउने निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा वडा नं. ३ र १३ लाई सार्वजनिक सुचना टाँसी सहजिकरण गर्न समेत निर्देशन दिईएको छ ।

 

तपाईको प्रतिक्रिया