उदयपुर – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको विद्युत काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ ।

नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीका अनुसार ७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको बताए । विच विचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले बाँकी ७ करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी देखिन्छ ।

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समय लाइन काटिने व्यस्था रहेको छ । तर उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि बक्यौता नबुझाएको कारण विद्युत लाइन काटिएको छ ।

प्रदेश र केन्द्रसँगै समन्वय गरेर विद्युत लाइन काटिएको शाखा प्रमुख खत्रीले जनाएको छ । ट्रक र डेडिकेटट लाइन बाहेकको बक्यौता धेरै भएपछि विद्यूत लाइन काट्न बाध्य भएको शाखा प्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार टं«क र डेडिकेटेट लाइनको बक्यौता लामो समयदेखि तिर्न बाँकी रहेको छ ।

उद्योगले ट्रंक र डेडिकेटट लाइन बापत करिव ४२ करोड ३३ लाख बढी बक्यौता तिर्न बाँकी देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण गाईघाटका तत्कालिन शाखा प्रमुख पंकज कुमार गोइतले उसिउलिलाई ट्रंक र डेडिकेटेट फिडरको विद्युत महशुल भुक्तानीको लागि लेखेको पत्र ।

महाप्रबन्धक गोपीकृष्ण न्यौपाने उद्योगको ३५ औं साधारण सभा सकिएकै दिन उद्योगमा कार्यरत चार ट्रेड युनियनहरुले घेर्न पुगेपछि महाप्रबन्धक काठमाडौं फर्किएका छन् । उद्योगको विद्युत लाइन काटिएको विषयमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई मोबाइलमा सम्पर्क गर्दा उहाँले फोन नै उठाएनन् ।

यस विषयमा उद्योग संचालक समितिका अध्यक्ष केशव कुमार बस्नेतलाई बुझदा उनले आफु यस विषयमा अनविज्ञ रहेकोले उद्योग तर्फ जाँदैछु पछि कुरा गर्ने बताउनुभयो ।

उद्योगले एक महिना अघिदेखि क्लिङकर उत्पादन गरेको छैन भने भएको क्लिङकर एक हप्ता अघि नै सकिएर सिमेन्ट प्याकिङ बन्द रहेको छ ।

तपाईको प्रतिक्रिया