उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको मतगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्काको १४ मतको अग्रता रहेको छ ।
प्रारम्भिकमा ६ सय मत गणना गर्दा डा. नारायण खड्काले २३९ मत ल्याएका छन भने प्रतिष्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले २२५ मत ल्याएर पछ्याई रहेकी छिन् ।
यस्तै छाता ३६, हलो २२, घण्टी २३, साइकल दुई, तिर एक र हसिया तारा एक मत प्राप्त गरेको छ ।
यस्तै ६ सय मतमा ५० मत बदर भएको छ । यो तथ्याङ्क दलको एजेन्टबाट पाएको अनुसार हो ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभामा ७६ हजार ७५६ मत खसेको छ ।