उदयपुर – नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले नेकपा एमाले राजाको पाउमा झुकेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी उदयपुरको चौथो पूर्ण बैठकलाई सम्बोधनको क्रममा यस्तो बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलको पाउमा पर्नु भनेको उनी राजासँग झुक्न पुगेको नेता चौधरीले आरोप लगाए । नेपाली जनता र नेकपा एमालेका तमाम नेता कार्यकर्ताको १९ दिने दोस्रो जनआन्दोलनको बलिदानीलाई केपी ओलीले निरंकुश पञ्चायती राजाको पाउमा झुकेर जनआन्दोलनको भावनालाई खरानी गर्ने पार्ने काम गरेको आरोप लगाए ।

झापा विद्रोहबाट जन्मेको एमालेले त्यही झापाबाट राजावादीलाई बोकेकोमा आश्चर्य व्यक्त गरेका छन् । उनले जनआन्दोलनहरुमा राजतन्त्र पक्षधरले झापामा ठूलो दमन गर्दा कांग्रेसभन्दा बढी एमाले शिकार भएको विगत कोट्याउँदै नेतृत्वले फेरि त्यही पक्षलाई बोक्नु अनुचित भएको टिप्पणी गरे । एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहो¥यायो, मलाई आश्चर्य लागेको छ ।

गठबन्धनलाई पाँच वर्षसम्म टिकाई राख्नु पर्ने दायित्व काँग्रेस र माओवादीको पोल्टामा परेकोले सवैले पालना गर्नु पर्ने नेता चौधरीले बताए । हामीले निर्धक्क सहित गठबन्धनलाई जिताउनु पर्ने बताए । उदयपुरमा चुनावी अभियान तिव्र बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

यस्तै बैठकमा रौतामाई गाउँपालिकाका नेकपा एमालेका तीन जना कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका थिए । प्रवेश गर्नेमा बलराम परियार, शुस्मा राई र शुशिला राई रहेका छन् । उनीहरुलाई नेकपा एसका उपमहासचिव तथा उदयपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य जगन्नाथ खतिवडा, प्रदेश अध्यक्ष बलदेव चौधरी लगायतले अविरमाला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

तपाईको प्रतिक्रिया