उदयपुर – उदयपुृरका उम्मेदवारबिरुद्ध कुनै उजुरी परेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुृरका अनुसार सोमबार विहानदेखि दिउँसोसम्म उजुरी दिनुपर्ने कार्यतालिका भए पनि कुनै उजुरी परेको छैन ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार विहान १०ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारको कमी कमजोरी विरुद्ध उजुरी दिनुपर्नेमा कसैको बिरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

तोकिएको समयभित्र दुवै निर्वाचन क्षेत्र र चार वटै प्रदेश सभा निर्वाचन क्षेत्रका कुनै उम्मेदवार विरुद्ध पनि उजुरी नपरेपछि सबै उम्मेदवार स्वीकार्य भएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । उनका अनुसार निर्वाचन क्षेत्र १ र २ गरी २ प्रतिनिधिसभामा २८ र ४ प्रदेशसभामा ३६ गरी उदयपुृरमा ६४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ १६ जनाको उम्मेदवारी परेको छ भने १ (क) मा ११ र (ख) मा १३ गरी ३९ जना उम्मेदवार छन् । २ नं. क्षेत्रमा प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश (क) मा ५ तथा (ख) मा ७ गरी २४ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया