उदयपुर – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उदयपुरमा नयाँ र पुराना गरी २१ दलका उम्मेदवारले उम्मेदबारी दर्ता गराएका छन् । नयाँ र पुराना दल सहित स्वतन्त्र गरी दुवै संघमा २८ जनाले उम्मेदबारी दिएका छन भने चार वटै प्रदेश सभा सदस्यका लागि ३६ जनाले उम्मेदबारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा १६ दलका उम्मेदबारले उम्मेदबारी दिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा १२ दलका उम्मेदबारले उम्मेदबारी दर्ता गराएका छन् ।
पं्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा राम श्रेष्ठ चौधरीले स्वतन्त्र उम्मेदबारी दिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा रामकुमार राई र राममणि पौडेलले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) मा ११ दलका उम्मेदबारले उम्मेदबारी दिएका छन् । प्रदेश सभा निर्वाचन १ (क) मा कुमार खड्का र जय प्रसाद सुवेदीले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(ख) मा १३ दलका उम्मेदबारले उम्मेदबारी दिएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(ख) मा उद्धव बहादुर घिमिरे र बासुदेव उपाध्यायले उम्मेदबारी दर्ता गराएका छन् ।
यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(क) मा ५ दलका उम्मेदबारले उम्मेदबारी दिएका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख) मा एक स्वतन्त्र गरी ६ दलले उम्मेदबारी दिएका छन् । स्वतन्त्रमा हेम राज दाहालले उम्मेदबारी दिएका छन् ।
उदयपुरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विच सत्ता गठबन्धन भएर चुनावी मैदानमा छन भने एमाले लगायत अन्य दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।
(पूर्ण विवरण )