उदयपुर – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि सत्तागठबन्धनबाट उदयपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँडबाट उदयपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनको लागि खतिवडाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
कटारी स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर खतिवडाले उम्मेदवारी दर्ता गराउनु भयो भने सत्ता गठबन्धनकै तर्फबाट प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) मा नेकपा माओवादी केन्द्रका तर्फबाट नारायण बहादुर बुर्जा मगर र प्रदेश निर्वाचन क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसबाट रामकुमार खत्रीले उम्मेदवारी दिएका छन् ।

उम्मेदबार मनोनयनको लागि नेकपा एकीकृतको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राममणि पोखरेल, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेश कुमार राई हिमाल, केन्द्रिय सदस्य मोहन खत्री, माओवादीका जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली काँग्रेसका जिल्ला सचिव तथा कटारी मेयर राजेश चन्द्र श्रेष्ठ लगायत रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मगर, उपाध्यक्ष भुपेन्द्र थापा, ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विक, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का लगायत सत्ता गठबन्धनका वडाध्यक्ष, वडा सदस्य लगायत जन वर्गिय संगठनका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

मनोनयन र्याली कार्यक्रममा नेकपा एस, नेपाली काँग्रेस र नेकपा माओवादीको नगर, क्षेत्रिय र जिल्ला कमिटीको नेता कार्यकर्ता, जन वर्गिय संगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया