उदयपुर – आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेस सभा सदस्य पदको निर्वाचनको लागि उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला समन्वय समिति उदयपुरको भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयकाे स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कृष्णप्रसाद सुवेदीले साइनबोर्ड राख्दै प्रतिनिधि र प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यहरु सम्पन्न कार्यालय सञ्चालनमा ल्याएको हो ।निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरको मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकतमा यस अघि नै क्रमस जिल्ला न्यायधिश कृष्णप्रसाद सुवेदीलाई मुख्या निर्वाचन अधिृकत र फैसला कार्यन्वयन निर्देशनालयका निर्देशक जीवनकुमार भण्डारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

जिल्ला न्यायधिस सुवेदीले मुख्य निर्वाचन अधिकृतको साथै प्रतिनिधि सभा उदयपुर क्षेत्र नम्बर १ र सोही क्षेत्रको प्रदेश (क) र (ख) को समेत सोहि कार्यालयबाट जिम्मेवारी बहन गर्नु हुने तथा भण्डारीले प्रतिनिधी सभा उदयपुर क्षेत्र नम्बर २ र त्यस क्षेत्र अन्तर्गत रहेको प्रदेश सभा (क) र (ख) मा निर्वाचन गराउने जिम्मेवारी बहन गर्नु हुनेछ ।

निर्वाचन क्षेत्र नं २ को भने दशै पर्वको बिदा सकिए लगत्ते कटारी बजारमा कार्यालय स्थापना गरिने मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया