उदयपुर- नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेद्वारलाई टिकट नदिए बिद्रोह गर्ने चेतावनी दिएको छ । बुधबार एक बिज्ञप्ती जारी गर्दै आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसले टिकट वितरणमा थारु समुदायलाई स्थान नदिए परिणाम प्रतिकुल आउने चेतावनी दिईएको हो ।

नेपाल थारु संघ उदयपुरका सभापति डा. भोगेन्द्र चौधरीद्धारा जारी विज्ञप्तीमा प्रतिनिधिसभाका लागि उदयपुर क्षेत्र नं. १ बाट डा. भोगेन्द्र चौधरी र प्रदेशसभा १ (ख) मा देवीकुमारी चौधरी मध्ये एक जनालाई टिकट दिनुपर्ने माग गरिएको छ ।

उदयपुर क्षेत्र नं. १ मा ३१ हजार बढी जनसंख्या मध्ये २१ हजार थारु मतदाता रहेको बताउँदै प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फको बन्दसूचीमा कुनै पनि थारु समुदायको नाम समावेश नगर्नु राजनैतिक तथा सामाजिक बिभेद गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको आम निर्वाचनमा यस उदयपुर जिल्लाको क्षेत्र न. १ संघ र प्रदेश क÷ख तर्फको समानुपातिक उम्मेदवारी बन्दसूचीमा नेपाली काँग्रेस केन्द्रिय संसदीय समितिबाट प्रतिनिधि सभाको समानुपातिक संघ तर्फ र प्रदेश सभा समानुपातिक तर्फको बन्दसूची नामावलीमा यो थारु बाहुल क्षेत्र रहेकोमा कुनै पनि थारु उम्मेदवारहरुको नाम समावेस नरहेको प्रति काँग्रेस निकट थारु सदस्यहरु रुष्ट भएका छन् ।

समानुपातिक तर्फ क्षेत्र, जिल्ला र प्रदेसले गरेको सिफारिस तत्काल लागू गरि संघले सिफारीस गरेका नामहरुवाट केन्द्रले बन्दसूचीमा सच्चयाई समावेस गरी दिन हुन जोडदार माग गरेको विज्ञप्तीमा जनाएको छ । प्रत्येक्ष तर्फको उम्मेदवार सिफारिस प्रक्रियामा रहेकोले उदयपुर क्षेत्र नं. १ संघ तर्फ डा. भोगेन्द्र प्रसाद चौधरी र प्रदेश नं. १ को (ख) तर्फ प्रत्येक्ष उम्मेदवार देवी कुमारी चौधरी मध्ये कुनै एक जनालाई उम्मेदवारीको सिफारीस वा टिकट केन्द्रिय संसदीय समितिलाई जोडदार माग गरेको विज्ञप्तीमा जनाइएको छ ।

आउँदो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजय गराउन यो संघ जोडदार रुपमा लाग्ने र संघले निर्णय गरेको माग प्रति वेवास्ता वा सुनुवाई नभएमा निर्वाचनको परिणाम प्रतिकुल आएमा यो संघ जिम्मेवार नहुने विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्ती सहित

 

तपाईको प्रतिक्रिया