उदयपुर – घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई जिल्ला अदालत उदयपुरले अन्तरिम आदेश दिएको छ । त्रियुगा नगरपालिकाको कार्यालय, मेयर बसन्त कुमार बस्नेत, वडा नं. ११ को कार्यालय, वडाध्यक्ष सुमन्त कोइराला र पूर्वाधार विकास कार्यालय, पूर्वाधार विकास कार्यालयका प्रमुख जितेन्द्र कुमार कर्णलाई विपक्षी बनाईको योगेन्द्र कुमार तामाङ्गको मुद्दामा यस्तो आदेश दिइएको हो ।

केहि समय अघि सडकको जग्गाको यकिन नगरि जथाभावी तबरले घर टहराहरु भत्काएको भन्दै जिल्ला अदालतमा निशेधाज्ञाको रिट परेको थियो । रिटमा भदौं ३१ गते अल्पकालिन अन्तरिम आदेश दिएको थियो भने अन्तरिम आदेशको लागि असोज ६ गतेको सुनुवाईमा जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले घर टहरा नहटाउन अन्तरिम आदेश दिइएको छ ।

विपक्षीहरुका नाउँमा भदौं ३१ गते तामेल भएकोमा निजहरु आग यस अदालतमा छलफलमा उपस्थित भै छलफल भई मिसिल समेत कागजात अध्ययन गर्दा निवेदकको कि.नं. ६८३७ र ६८३८ को जग्गा नाप जाँच गरि घर बनाउदा छाडनु पर्ने जग्गा समेत यकिन गरि सो जग्गामा पर्ने गरी निर्माण कार्य नगर्नु नगरानु भनी प्रस्तुत निवेदन टुङ्गो नलागे सम्मको लागि अन्तरिम आदेश जारी रहने आदेश गरेको छ ।

निवेदकको तर्फबाट अधिवक्ता कृत बहादुर राई र विपक्षीको तर्फबाट अधिवक्ता विणा पाण्डेले बहस गरेका थिए ।

तपाईको प्रतिक्रिया