रामपुर । बेलका नगरपालिकाले करार र ज्यालादारी ३४ कर्मचारी सेवाबाट हटाईएको छ । काग्रेस नेता अशोक कार्की नगरप्रमुख भएको २ महिना नपुग्दै करार कर्मचारीलाई हटाएका हुन । असार मसान्त सम्म म्याद रहेका ४७ कर्मचारीहरु मध्ये ३४ जनाको म्याद थप नगरिएको हो । बाँकीले भने १३ जनाले स्वेच्छिक रुपमा राजिनामा दिएका छन । राजिनामा दिनेहरुमा पशु विज्ञ पुष्प बुढाथोकी, कृषी ईन्जिनियर बुद्धि तिम्सिना, ईन्जिनियर विनयराज कार्की लगाएतका छन । कर्मचारीको ०७९ साउन १ गतेबाट म्याद थप नहुने भनेर सार्बजनिक गरिएको हो ।

हटाईएका कर्मचारीहरुमा कार्यालय सहयोगी देखि अधिकृतस्तर सम्मका कर्मचारी छन । सबभन्दा बढी आयोजना–परियोजनासँग सम्बन्धित कर्मचारी परेका छन् । त्यस्तै हलुका र भारी सवारी चालक, मनोपरामर्शकर्ता, सररफाईकर्मी, कानुन परामर्श विज्ञ, कृषि तथा पशु शाखा प्राविधिकदेखि कार्यालय सहयोगीहरुलाई म्याद थप नगरिने बेलका नगरपालिकाको कार्यालयले जनाएको छ ।मेयर अशोक कार्कीले नगरपालिकाको आम्दानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको बताए ।

अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको कार्कीको भनाई छ ।

बाँकी रहेका करारका कर्मचारीलाई पनि तीन महिना पछी हटाउने गृहकार्य अगाडि बढाइसकेको बताइएको छ । हाल बाँकी रहेका करारका कर्मचारीलाई राजनीतिक दबाब थेग्न नसकेर तीन महिनाको लागि म्याद थप गरिएको गठबन्धन स्रोतले बताएको छ । बाँकी कर्मचारीलाई समेत क्रमस म्याद सकिएको मितिबाट अवकास दिईने तयारी गठबन्धनको छ ।

तपाईको प्रतिक्रिया