उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अनुमानित बजेट ३७ करोड ३३ लाख रहेको छ । गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले आगामी आर्थिक वर्ष २०७९/८० को लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा संघिय सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान तर्फ ७ करोड ७९ लाख, सशर्त अनुदान तर्फ १४ करोड १७ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० लाख गरी २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ ।
यस्तै प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ १३ लाख ७५ हजार, सूत्रमा आधारित अनुदान तर्फ २६ लाख बजेट विनियोजन गरेको छ । यस्तै राजश्व बाँडफाँडमा २२ लाख २० हजार बजेट विनियोजन भएको छ ।
चालु आबको तुलनामा आगामी आवको बजेट ५ करोड ४८ लाख घटेर बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा संघिय र प्रदेश सरकारबाट बजेट घटेर आएकोले बजेटको आकार घटेको गाउँपालिकाका सूचना अधिकारी तथा लेखा प्रमुख ताराकिरण राईले बताए ।
यस्तै आर्थिक विकास तर्फ ८६ लाख ५४ लाख, सामाजिक विकास तर्फ १ करोड १७ लाख ५५ हजार, पूर्वाधार विकास तर्फ २ करोड ८८ लाख ६० हजार, सुशासन प्रवद्र्धन तर्फ २२ लाख १५ हजार, संस्थागत विकास केन्द्र, सेवा प्रवाह र सुशासन ११ लाख ७३ हजार विपद व्यवस्थापन तर्फ ५३ लाख खर्च गर्ने लक्ष्य लिइएको छ ।
यस्तै पर्यटन तर्फ ५५ लाख खर्च मध्ये ५० लाख भ्यू टावर समपुरक सहभागिता रहेको छ ।