उदयपुर – बेलका नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अनुमानित ७७ करोड ७४ लाख रहेको छ । नगर सभाको १० औं अधिवेशनबाट उपमेयर जीराकुमारी राईले उक्त बजेट पेश गरेको हो ।
संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६९ लाख, सशर्त अनुदान तर्फ ३० करोड १८ लाख, विशेष अनुदान तर्फ ५ करोड र समपुरक अनुदान तर्फ २ करोड ६० लाख गरी ५२ करोड ४७ लाखको बजेट विनियोजन भएको छ ।

प्रदेश नं. १ बाट प्राप्त वित्तिय समानिकरण तर्फ ७९ लाख ८९ हजार, सशर्त अनुदान तर्फ ६३ लाख ९४ हजार र समपुरक अनुदान तर्फ १ करोड गरी २ करोड ४३ लाख ८३ हजारको बजेट विनियोजन गरेको छ ।

संघिय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४५ लाख २५ हजार, प्रदेश सरकार राजश्व वाडफाँड ६५ लाख २८ हजार १५० रुपैया, रोयल्टी वाडफाँड संघबाट ६ लाख गरी राजश्व वाडफाँडमा १४ करोड १६ लाख ५३ हजार १५० रुपैयाको अनुमानित बजेट पेश गरेको छ ।

यस्तै अनुमानित आन्तरिक आय तर्फ ४ करोड रहेको छ भने ४ करोड ६६ लाख ५७ हजार ८५० घाटा बजेट पेश गरेको छ ।

व्याय तर्फ आर्थिक विकास तर्फ १ करोड ५० लाख, सामाजिक विकास तर्फ ५ करोड ५ लाख, पूर्वाधार विकास तर्फ २ करोड ५० लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ १३ करोड, वडा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ९० लाख, स्तरीय योजनाहरु तर्फ ५ करोड ४० लाख, साझेदारी कार्यक्रम तथा योजनाहरु तर्फ ५ करोड ९७ लाख र चालुको दायित्व भुक्तानी ४ करोड रहेको छ ।

नीति तथा कार्यक्रममा अपेक्षित उपलब्धीका लागि स्थानीय सडक, भवन, विद्युत, सञ्चार, कृषि, शिक्षा लागयतका पूर्वाधारको दिगो विकासको रुपमा लिएको छ भने चालु आवको वर्षको बजेटले विकासको आधारशीलालाई थप मजवुत बनाउने छ र तिव्र आर्थिक सामाजिक विकास भएको हुने नीित तथा कार्यक्रममा छ ।

पाँच वर्ष भित्रमा प्रत्येक घरमा धारा जडान गरि बेलकाको क्षेत्रको तत्कालिन आवश्यकता पूरा भएका र दीर्घकालिन योजनाहरु बनाउने, स्थानीय स्रोत साधनहरुको खोजी, पर्यटन क्षेत्रको विकास मार्फत आयस्तर वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय सरकारको सेवा प्रवाह सुशासनमैत्री एवम् प्रविधिमा आधारीत सेवा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।बेलका नगरपालिका को विशेष गरि ५,६,७ वडा हरुमा विद्युत बिस्तार गरि बबला र मैनामैनी खानेपानीको पुर्णरुपले विस्तार गरि निरन्तता दिइएको छ। भने कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि तथा कृषि क्षेत्रमा युवाहरुको परिचालनलाई नीति तथा कार्यक्रममा अगाडी बढाइएको छ ।

तपाईको प्रतिक्रिया