गाईघाट । त्रियुगा नगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको बहुमत हुँदा हुँदै पराजय भोग्नु परेको छ । शनिबार भएको ८ नगर कार्यपालिका सदस्यको निर्वाचनमा काँग्रेसले एक सदस्य गोलाप्रथाबाट विजयी भएका छन भने नेकपा एमालेबाट ४ जना र नेकपा माओवादी केन्द्रबाट ३ जना विजयी भएका छन् ।
नगर कार्यपालिका सदस्य दलित वा अल्पसंख्यक तीन पदको लागि नेकाबाट बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रबाट प्रहलाद कुमार विश्वकर्माको ४१–४१ मत पाएका थिए । गोलप्रथाबाट नेकाका उम्मेदबार बलदेव विश्वकर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए ।

यस्तै दलित वा अल्पसंख्यकमा नेकपा माओवादी केन्द्रबाट विमल राई (४२) र डिल्ली सेर राई (४२) मत प्राप्त गरि विजयी भएका छन् ।

यस्तै नगर कार्यपालिका महिला सदस्य पाँच पदका लागि नेकपा एमालेबाट गीता कुमारी उप्रेती (४१), रेणुका श्रेष्ठ (४१) र सुनिता गजमेर (४१) विजयी भने नेकपा माओवादीबाट रेखा थापा मगर (४१) र कुन्ति परियार (४१) विजयी भएको छन् ।

त्रियुगा नगरपालिकामा काँग्रेसमा मेयरसहित ४२ जना बहुमत सदस्य रहेपनि अन्तर्घातले पराजय भोग्नु परेको छ ।

कार्यपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुख, ९ वडा अध्यक्ष सहित ४२ जना, एमालेबाट नगर उपप्रमुख, चार वडा अध्यक्ष सहित २४ जना, माओवादी केन्द्रबाट तीन वडा अध्यक्ष सहित १५ र एकिकृत समाजवादीबाट एक जना सदस्यले मतदानमा भाग लिएका थिए । नगर कार्यपालिका निर्वाचनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको थियो ।

तपाईको प्रतिक्रिया