उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ नं. वडाका सयौँ मतदाता मतदान गर्नबाट वञ्चित भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मतदानको क्रमममा जनप्रेमी आधारभूत विद्यालयमा कर्मचारीहरुको लापरबाहीले विवादका कारण मतदान कार्य स्थगित भएको थियो । सूचनामा उल्लेख भए अनुसार वर्षाको कारण वडा नम्बर १२ को मतदान स्थगित भएको र अर्को सूचना टाँस गरि पुनः मतदान गरिने सूचनामा उल्लेख गरेपनि यतिका दिन वितिसक्दा मतदान गर्न नपाएको भन्दै छुटेका मतदाताहरुले मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाललाई ज्ञापन पत्र बुझाएका छन् ।
वडाबासीहरु शुक्रवार दिसँसो निर्वाचन अधिकृतको कार्यालयमा गएर नवनियुक्त निर्वाचन अधिकृत उत्तम सिलवाललाई आफ्नो मत हालेर जनप्रतिनिधि चुन्ने र चुनिने अधिकार हनन् भएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । वडाका करिब २ सय भन्दा बढी मतदाताहरुले आफ्नो नामसहित लिखित रुपमै मतदानबाट बञ्चित भएको ज्ञापन पत्रमा उल्लेखित निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । उनीहरुले पुनः मतदान हुन पर्छ भन्ने मागसहित सो ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा मतदानको दिन घामको प्रवाह नगरी दुर्र्इ तीन घण्टामा बसेर पनि मतदान गर्न नपाएको र मत दिने समयमा वर्षातको कारण मतदान प्रक्रिया रोकिन गएकोमा २०७९ बैशाख ३० गते ४ः३० बजे एक सूचना टाँस गरी मतदान स्थगित र पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भनि सूचना प्रकाशन गरिएको छ । यसरी सूचना टाँस गरी स्थगित गरिएको निर्वाचन प्रक्रिया निर्वाचन ऐन अनुसार पुनः मतदान गर्ने स्पष्ट व्यवस्था रहेको छ । निर्वाचन ऐनको दफा ४० र निर्देशिका दफा १०८ बमोजिम कार्य गर्न सकिने भनिएको छ ज्ञापन पत्रमा उल्लेख छ ।१२ नम्बर वडामा ३ हजार १ सय ९२ मतदाता मध्ये १ हजार ४ सयले मात्रै मतदान गर्न पाएको छ । त्रियुगा नगरपालिका वडा नं. १२ मा मतदानको क्रममा कर्मचारीहरुले विभिन्न बाहाना झन्झट देखाई मतदाताहरुलाई दुःख दिइएको ज्ञापन पत्रमा उल्लेख छ । मतदात गर्न असहज र ढिलासुस्ती गराएका कारण मतदाताहरुले नियोजित रुपमै मतदाताहरुलाई दुःख दिने काम गरेको भन्दै विवाद सुरु भएको ज्ञापन पत्रमा उल्लेख छ । निर्वाचनको क्रममा मतदाताहरु उत्साहितका साथ मतदान स्थल पुग्दा नङ्गमा मसी लगाई दिए, मतपत्र बुझ्ने बेलामा सहि छाप पनि गरि दिए तर मतदान गर्न नपाएको गुनासो गंगाराम चौधरीको रहेको छ । उनले म मात्रै नभएर अन्य थुप्रले मतपत्र लिन नपाई वर्षात भएपछि मतदान अधिकृतले मतपत्र नदिई आफै मतदान अधिकृतले नै मतदान गरेको आरोप लगाए ।
ज्ञापन पत्र सहित मतदान गर्न छुटेका मतदाताहरुको नामावली