उदयपुर । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदबार ज्ञानेन्द्र श्रेष्ठले पछिल्लो चरण अग्रता कायम गरेको छ । कटारी नगरपालिकाको वडा नं. ९, १०, ११, १२, १३ र १४ को मत गणना गर्दा २ हजार १११ मत सहित अगाडी रहेको छ ।
निवर्तमान मेयर समेत रहेका श्रेष्ठलाई गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदबार राजेशचन्द्र श्रेष्ठले पछ्याई रहेको छ । मेयरका उम्मेदबार राजेशचन्द्र श्रेष्ठले १ हजार ९५६ मत ल्याएर पछ्याई रहेका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र मेयरका उम्मेदबार कृष्णप्रसाद बराल (केपी बराल) ले १ हजार ४० मत ल्याएर पछ्याई रहेको छ । भने निवर्तमान उपमेयर हाल स्वतन्त्रका मेयरका उम्मेदबार भिमकुमारी राउतले २३ मत मात्रै ल्याएकी छिन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी गीता खड्काको अग्रता कायमै रहेको छ । उनले २ हजार २२१ मत ल्याएकी छिन भने नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदबार दिवस कटुवालले १ हजार ८२८ मत ल्याएर पछ्याईरहेका छन् ।

अर्का नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदबार हृदय तामाङले ७३५ मत सहित तेस्रो स्थानमा छन ।

तपाईको प्रतिक्रिया