उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा मेयर र उपमेयर नेकपा एमालेका उम्मेदबार निर्वाचित भएका छन् । मेयरमा कालूमान लामा र उपमेयरमा मणिकादेवी दुलाल विजयी भएका हुन् ।

मेयरका उम्मेदबार लामाले ८ हजार ८६३ मत सहित निर्वाचित भएका छन् । उनले खगेन्द्र राईलाई ८५१ मतान्तरले विजयी भएका हुन् । खगेन्द्र राईले ८ हजार १२ मत ल्याए ।

यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदबार बनेका नरेन्द्र राउतले ४ हजार ३७५ मतले तेस्रो स्थानमा रहे ।

यस्तै उपमेयरमा मणिकादेवी दुलाल विजयी भएका छन् । उनी ९ हजार ५६६ मतले निर्वाचित भएकी हुन् । उपमेयरका उम्मेदबार दुलालले एक हजार ८०६ मतान्तरले काँग्रेसका उम्मेदबार रिता कुमारी चौधरीलाई पराजित गरिन् । उपमेयरका उम्मेदबार रिता चौधरीले ७ हजार ७६० मत ल्याईन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उपमेयरमा हिरा थापा (तिम्सिना) पनि ३ हजार ५११ मतका साथ तेस्रो स्थानमा रहिन् ।
काँग्रेसका मेयर र उपमेयरका उम्मेदबार निवर्तमान मेयर र उपमेयर हुन् ।

यस्तै कटारी नगरपालिकाको मत गणना जारी रहेको छ भने त्रियुगा नगरपालिका वडा नं. १२ मा मतदानको दिन मतदान अधिकृतको लापरबाहीले विवाद हुँदा अहिलेसम्म सम्पूर्ण कार्य स्थगित रहेको छ । मतदान अधिकृतले अन्तिममा एक सूचना मार्फत मतदान कार्य बैशाख ३० गते ४ः३० बजेबाट स्थगित गरिएको छ । पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भन्दै सूचना निकालेको थियो । तर, अहिलेसम्म कुनै निर्णय नै भएको छैन् ।

 

तपाईको प्रतिक्रिया