उदयपुर । आचार संहिता विपरित काम गरेको भन्दै डिएमगेट लक्ष्मीपुरसम्मको कालेपत्रेको काम प्रहरी प्रशासनले रोक लगाएको काम पुनः शुरु हुन सकेको छैन् । दलहरुको मौखिक आग्रहमा शुक्रबार पहिलो पटक र आइतबार दोस्रो पटक विना पुर्जी प्रहरीले काम बन्द गर्न लगाएको काम अझै शुरु हुन सकेको छैन् ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरु नेपाली काँग्रेसले निर्माण कार्यमा अवरोध गरेको छ ।

त्रियुगा नगरपालिकाद्वारा बोलपत्र आव्हानको सूचना २०७८ असार २४ गते तीन वटा टेण्डरको सूचना एकै पटक निकालेको देखिन्छ । टेण्डर प्रक्रियामा परफेक्ट कन्ट्रक्सन इमाडोल ललितपुरले पाएको देखिन्छ । आशय पत्रको सूचना प्रकाशन भएपछि तीन वटै टेण्डरको २०७८ कार्तिक ३ गते सम्झौता भई कार्यदेश दिएको देखिएपनि मौखिक रुपमा दिएको उजुरीको आधारमा प्रहरीले रोक लगाएको छ ।

त्रियुगा नगरपालिका वडा नं. १२ स्थित डिएमगेट लक्ष्मीपुर सडक कालोपत्रे निर्माण कार्य, वडा नं. ११ पिपल चोकदेखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको सडक मर्मत र वडा नं. १० राधाकृष्ण मन्दिर हुँदै जिल्ला अस्पताल गेटसम्मको सडक कालोपत्रे निर्माण कार्यमा काँग्रेसले अवरोध गरेको छ ।

तपाईको प्रतिक्रिया