नेपाल सरकारले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई महशुल छुटलाई प्रतिवद्धता पत्रमा नगरले छुट दिने उल्लेख
उदयपुर । नेपाली काँग्रेससको स्थानीय घोषणा पत्रमा नगरबासीलाई मुर्ख बनाउने जस्तो देखिएको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर सरिता राईको घोषणा पत्रमा “यस नगरको जनसंख्याको ठूलो हिस्सा रहेको वडा नं. ११, १२ र १३ मा खानेपानीको छुट्टै योजना सञ्चालन गरिने छ । नगर क्षेत्रमा २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरुलाई विद्युत महशुल छुट गरिनेछ । …. वडा नं. ११ को पिपलचोक देखि संगमटोल, शिवालयटोल, जनमुखीटोल, लक्ष्मीमार्ग र इन्द्रेश्वर टोल हुँदै बरुवा खोलासम्मको दित्तेल जाने सडक छ महिना भित्र कालोपत्रे गरिनेछ ।”

तीन वर्ष अगाडी त्रियुगा नगरपालिकाको नगर परिषदले वडा नं. ११, १२ र १३ का लागि छुट्टै गाईघाट खानेपानी आपूर्ति आयोजनाको लागि केन्द्र सरकारले प्रदेश सरकार मार्फत काम गर्न नगरपालिकालाई बजेट विनियोजन गरेको छ । करिव ३१ करोडको लागतमा सो आयोजना बन्न लागेको छ । आयोजनाको लागि प्रदेश सरकारले टेण्डर प्रक्रिया शुरु गर्ने चरणमा रहेको छ भने त्रियुगा नगरपालिकामा यस आयोजनाको अध्यक्ष प्रकाश बस्नेत रहेको छ । आयोजनाको लागि सरकारको २७ करोड ४४ लाख र नगर पालिकाको सहभागिता करिव ३० लाख ५० हजार सहित करिव ३१ करोडको आयोजनाको स्वीकृत भईसकेको छ ।

प्रदेश सरकारबाट स्वीकृत भईसकेको आयोजनालाई नेपाली काँग्रेसको घोषणा पत्रमा नगरको जनसंख्याको ठूलो हिस्सा रहेको वडा नं. ११, १२ र १३ मा खानेपानीको छुट्टै योजना सञ्चालन गरिने छ भन्नु मेयर बलदेव चौधरी र उपमेयर देवी चौधरी सहितको नगर परिषदले गरेको निर्णयलाई अस्वीकार गरेर आफ्नो पालामा आयोजना ल्याएको भनेर जनतामाझ लोकप्रियताको लागि भ्रम सृजना खालको घोषणा पत्रमा समावेश गरिएको छ ।
यस्तै सरकारले २०७८ मंसिर १ गतेदेखि साना प्रयोगकर्ताको लागि विद्युत महसुल निशुल्क गरेको छ । २० युनिट सम्म विद्युत प्रयोग गर्ने उपभोक्ताको लागि प्राधिकरणले महसुल नलिने निर्णय २०७८ साउन २७ गते गरेको थियो । त्यो अहिले मंसिर १ गतेदेखि कार्यान्वयनमा आईसकेको अवस्था छ । तर पनि काँग्रेसको घोषणा पत्रमा “नगर क्षेत्रमा २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरुलाई विद्युत महशुल छुट गरिनेछ” भन्ने शब्द पनि राखिएको छ । यस्ता शब्दलाई मतदातालाई आफु तिर तान्न प्रतिवद्धता मस्यौदाकारले झुट्ठ कहाँ हुँदैछ त्यो पत्तै पाएनन् ।
घोषणा पत्रमा वडा नं. ११ को पिपलचोक देखि संगमटोल, शिवालयटोल, जनमुखीटोल, लक्ष्मीमार्ग र इन्द्रेश्वर टोल हुँदै बरुवा खोलासम्मको दित्तेल जाने सडक छ महिना भित्र कालोपत्रे गरिनेछ भन्ने उल्लेख छ । जुन गत आर्थिक वर्ष नै पिपल चोकदेखि गाईघाट दिक्तेल सडक बरुवा पुलसम्मको सडक मर्मतको लागि ५१ लाख ६४ हजार १० रुपैया छुट्याएको छ । अहिले यो काम आचार संहिता लागू भएको भन्दै रोक लगाईएको छ ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजना निर्माण कार्यलाई दलहरुको दवदवमा प्रशासनले रोक लगाइएको छ ।
काँग्रेसको स्थानीय घोषणा पत्रमा पहिलेका नगर सरकारले गरेका अधुरा कामहरुलाई प्राथमिकतामा राखेको देखिन्छ भने भिजिनेवल खालको घोषणा पत्र देखिदैन् ।









