उदयपुरगढी । गाउँपालिकाको सबै घरमा बिजुली बत्ति पुर्याएर उदाहरणीय कार्य गरेको उदयपुरको उदयपुरगढी गाँउपालिकाले अर्को जनपक्षिय कार्य गरेको छ ।

यस अघि वडा कार्यालयमै प्राबिधिक खटाई योजनाको लगत स्टमेट बनाएको गाउपालिकाले अहिले जनप्रतिधि र प्रमुख प्रशासकीय अधिकृत वडामै पुगेर योजना सम्झौता गर्न भएका हुन । विकास निर्माणका योजनाहरु संचालन गर्दा जनतालाई असहज नहोस भनेर वडामै हाकिम पुगेर योजना सम्झौता गरिएको उदयपुरगढी गाउँपालिकाले जनाएको छ ।

उदयपुरगढी–उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा कार्यालयबाट नै सम्पूर्ण योजनाको काम गर्न गाँउ कार्यपालिकाको निर्णय अनुसार वडाबाट नै योजनाको लगत स्टमेट र सम्झौता गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद सुवेदीले बताए ।

‘उपभोक्तालाई सहज होस भन्ने उद्येश्यका साथ सम्पूर्ण योजनाका कामहरु वडाबाट नै सुरु गर्न थालिएको हो ।’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ‘गाउँपालिकाकाको ८ वार्डमा प्राविधिक खटाई काम सुरु गरि सकिएको छ ।, प्राविधिकले योजनाको प्राविधिक मूल्याकन गर्नु हुन्छ, त्यसपछि जनप्रतिधिको रोहबरमा हामी गएर योजना सम्झौता गछौ ।’

वडाबाट विभिन्न विकासे योजना सम्झौता ,स्टिमेट, मूल्याकंन ,अनुगमन हुने र भुक्ताानिको लागि मात्र गाउँपालिकाको कार्यालयमा आउनु पर्ने गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकीले बताए । गाउबाट नै योजनाको काम भएपछि उपभोक्ताहरुले सिंहदरबारको अधिकार गाँउ घरमा पुगेको महसुस गरेका छन ।

तपाईको प्रतिक्रिया