उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)उदयपुरको नेतृत्वको नाम पढेर टुंगो लगाइएको छ । पोलिटव्यूरो सदस्य तथा उदयपुर इन्चार्ज सदस्य मञ्जु चौधरीले जिल्ला कमिटीका ५ पदाधिकारी र १०७ जना सदस्यहरुको नाम वाचन गरेकि थिइन । उनले नेतृत्वको नाम पढेर सुनाएपछि हल छोडेर हिडेकि थिइन । उनले वाचन गरेको नाम अनुसार अध्यक्षमा प्रमेश्वर घिमिरे, उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सचिव कालु लामा, सहसचिव भरत थापा र टेकबहादुर राउत भएका छन । पदाधिकारीमा दावी गर्ने महिला नेतृत्व हिस्स बुढि खिस्स दाँत पारिएका छन । फेसबुकमा विभिन्न पदमा दावी गर्नेहरु नेतृत्वको पेलाईमा परेपछि रुन्चे अनुहार लिएर बसेका छन । आफूलाई विभिन्न समूहका दावी गर्नेहरु एकअर्कालाई हड्डीको मासी देखि हाँसो उठेको टिप्पणी गर्दै एक अर्कालाई खुल्याउन थालेका छन ।
उपसचिवमा दावी गरेकी सृजना दनुवारले फेसबुकमा स्टाटस लेख्दै पीतृ सता अझै नि बाँकी छ लेखेकी छिन ।
जिल्ला अध्यक्षका रुपमा परमेश्वर घिमिरे, कालु लामा, खड्गबहादुर दर्नालले दावी गरेका थिए । सर्वसम्मत भए आफू पनि जिल्लाको नेतृत्व सम्हाल्न उत्साहित बनेका इश्वरमणि राउत र दुर्गाकुमार थापाहरु पनि हेरेकै हे¥ये भएका छन । चार दिनको रस्साकस्सीबिच इन्चार्ज चौधरीले नाम पढेर केन्द्रीयता लादेको दावी उम्मेदवार हुन नपाउनेहरुले गरेका छन । नाम वाचन गरेपछि वाचन गरिएका पदाधिकारी र सदस्यहरुले मनोनयन पत्र भर्न शुरु गरेका छन भने नाम वाचन नगरिएका एकादुईले पनि मनोनयन दर्ता गर्ने प्रयास गरेका छन ।
अध्यक्ष घोषणा गरिएका परमेश्वर घिमिरे प्रतिगमन सच्चियो भन्दै जाने समूहका हुन भने अन्य ओलीसमूहकै हुन ।

तपाईको प्रतिक्रिया