उदयपुर । उदयपुर जिल्ला स्तरीय “ए” डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १० गतेदेखि पुस २४ गतेसम्म संचालन हुने छ ।

“ए” डिभिजन लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बगहा युवा समूह, गाईघाट फुटबल क्लब, लालीगुराँस नव युवा क्लब, फ्युजन फुटबल क्लब, नव प्रभात नेपाल, बेल्टार एकता युवा क्लब, फुटबल क्लब बगहा र घेधावी युवा क्लब विच खेल हुने जिल्ला फुटबल संघका अध्यक्ष रंजन कार्कीले जानकारी दिए ।

लिग प्रतियोगिता छ राउण्डमा २४ वटा खेल खेलाइने छ भने खेलको सातौं राउण्ड नकाउट सिस्टमले खेलाईने छ । प्रतियोगिताको फाइनल खेल पुस २४ गते हुने छ । खेल विहान र दिउँसो दुई चरणमा खेलाइने छ ।

तपाईको प्रतिक्रिया