उदयपुर । उदयपुरको बेलका नगरपालिका ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानविन गर्न नगर स्तरीय लेखा समिति गठन गरेको छ । बेलका नगरपालिकाका मेयर दुर्गा थापाले 4K Galaxy टेलिभिजन र नागरिक बहस अनलाइनमा प्रकाशित समाचारहरु प्रति असहमति प्रकट गर्दै छानविन गर्न नगर स्तरीय लेखा समिति गठन गरेको विज्ञप्तीमा जनाएको छ ।

नागरिक बहस अनलाइनमा बेलका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता, मजदुरको चेकबुक नै कब्जा भन्ने शिर्षकको समाचार प्रकाशित भएको थियो ।

मेयरद्वारा जारी विज्ञप्तीमा समितिलाई १५ दिन भित्र प्रतिवदेन पेश गर्न जिम्मेबारी दिइएको जनाएको छ । विज्ञप्तीमा कस्को संयोजकत्वमा समिति गठन गरिएको बारे उल्लेख छैन् । तर, मेयर थापाले फेसबुकमा मोहन घिमिरेको संयोजक रहने गरी सदस्यहरु कुमार अधिकारी र पुन्यवती रेग्मी रहेको जनाएको छ ।

विज्ञप्तीमा सुचिकृत बेरोजगारहरुको खातामा सोझै रकम जम्मा हुने तथा सुचिकृत श्रमिकहरुको प्रमाणित हाजिरी विवरण र अन्य आवश्यक कागजातहरु संलग्न राखी सम्बन्धित उपभोक्ता समितिले भुक्तानी माग गरे बमोजिम योजनाहरुको भुक्तानी गरिएको जनाएको छ । विज्ञप्तीमा श्रमिकहरुको आपसी असमझदारीले समाचार प्रकाशित भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिका ४ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि, कर्मचारी र समितिको मिलेमतोमा अनियमिता भएको रहस्य खुलेको छ । रोजगारमा सुचिकृत बेरोजगारहरुको नाम निस्केका सवैको बैंक खाता खोलाइए पनि काम नगरि कर्मचारी, जनप्रतिनिधि र समितिले पैसा झ्वाम पारेको रहस्य खुलेको छ । रोजगार मजदुरको नक्कली डोर हाजिर तयार गरी पैसा झ्वाम पारेको रहस्य खुलेको हो ।

मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयवासीले आरोप लगाएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीत बहादुर मगरले सूचनाको हक प्रयोग गरि लिएको डकुमेन्टमा देखिन्छ । काममा लगाइएका सवै सुचिकृत बेरोजगारहरुको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको देखिन्छ । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६ सय रकम विनियोजन भएपनि १३ लाख २० हजार ६ सय ५३ रुपैया खर्च भएको छ ।

रोजगारमा नाम सुचिकृत बेरोजगारहरुलाई कामै नलगाई नक्कली डोर हाजिर तयार गरी पाँच सय देखि पाँच हजार रुपैयासम्म नगद पैसा दिएको खुलाशा भएको छ । श्रम गर्ने सुचिकृत बेरोजगारहरुले बैंक मार्फत पैसा पाउनु पर्नेमा चेक नै कब्जा गरेर कसैको हस्ताक्षर गराएर त कसैको नक्कली हस्ताक्षर गरेर बैंकबाट पैसा निकालेको रहस्य खुलेको छ ।

तपाईको प्रतिक्रिया